News Portal

माओवादी केन्द्र कनकाईको अध्यक्षमा यामनाथ सेडाई चयन

रातोपोस्ट संवाददाता
६८१ पटक

झापा, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) कनकाईको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा यमनाथ सेडाई चयन भएका छन् । माओवादीले शनिबार देशभरका सबै पालिकामा एकसाथ अधिवेशन सम्पन्न गरेको छ । सोही क्रममा कनकाईमा भएको अधिवेशनबाट सेडाईलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

सचिवमा विष्णुप्रसाद विमली, सहसचिवमा कृष्ण खतिवडा र कोषाध्यक्षमा लीला प्रसाई संग्रौला चयन भएका छन् । ६५ सदस्यीय नगर कमिटीको सदस्यमा भक्ति पाठक, डिल्लीराम पौडेल, ललितबहादुर कार्की, आईपी भट्टराई, देवराज ओझा, ख्यामराज शिवाकोटी, कमल मैनाली, हिमाल विष्ट, नविन सिटौला, डिल्ली पाठक, उत्सव वास्तोला र रुद्र गौतम छन् ।

यस्तै नगर कमिटी सदस्यमा विनोद वराइली, खगमाया चापागाई, हरिबहादुर राउत, देवेन्द्र गहतराज, कृष्णप्रसाद सिटौला, शान्ति उपाध्याय, मेघराज पाठक, नरपति गुरागाईँ, मेघराज दंगाल,मिना दनुवार, डम्बर सांसकार, गंगा काफ्ले, कृष्णबहादुर पुलामी रहेका छन ।

नगर अधिवेशनले सदस्यहरुमा दुर्गाप्रसाद घिमिरे, जसबहादुर लिम्बु, लक्ष्मीप्रसाद सिटौला, कृष्णप्रसाद पाठक, कमल अधिकारी, राजकुमार पोखरेल, खड्गबहादुर चेम्जोङ्ग, प्रविन कोइराला, हिटलर कालिकोटे, तुलसीराम कालिकोटे, मंगलसिंह राजवंशी र अमित कायस्थले रहेका छन । बाँकी १४ जना नगर कमिटी सदस्य थप गरिने माओवादी केन्द्र कनकाईले जानकारी दिएको छ ।

कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक मणिकुमार साम्पाङ्ग बिजयको प्रमुख आतिथ्यत रहेको थियो । कार्यक्रममा निर्वाचन मण्डलकी संयोजक सारदा प्रसाई पाठकले निर्वाचन सम्पन्न गराएकी थिइन् । कार्यक्रममा क्षेत्रका जनमुक्ति सेनाका कमाण्डर सहिद, वेपत्तापरिवारहरुलाई सम्मान गरिएको थियो । सेडाईको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटि गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्