News Portal

झापाको बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २२ घाइते

रातोपोस्ट संवाददाता
४४९ पटक

झापा, १२ मंसिर । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ जना यात्र् घाइते भएका छन् ।

झापाको कन्काई नगरपालिका ८ स्थित पूर्व–पश्चिम राजमार्गको बिरिङ्ग पुलमा बस दुर्घटना भएको हो । आज दिउँसो साढे १२ बजे पूर्वबाट–पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु र २२ जना घाईते भएका हुन् ।

दुर्घटनामा घाईते भएकाहरुलाई उपचारको क्रममा कन्काई नगरपालिका ७ का १६ वर्षीय उत्सब पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाईते भएकाहरु मध्ये ११ जनाको बीएण्डसी अस्पताल र ११ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भईरहेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्