News Portal

माओवादी केन्द्र भद्रपुर नगर अध्यक्षमा राजभण्डारी चयन

रातोपोस्ट संवाददाता
३६३ पटक

झापा, १४ मंसिर । नेकपा माओवादी केन्द्र भद्रपुरकाे प्रथम नगर अधिवेशनबाट अध्यक्षमा शिवकुमार राजभण्डारी निर्विरोध चयन भएका छन् ।

नगरकाे अधिवेशनबाट उपाध्यक्षमा ज्ञानबहादुर गिरी, महिला उपाध्यक्षमा स्वर्णीका सिंह र समावेशी उपाध्यक्षमा मोहम्मद हजरत अलि निर्विरोध चयन भएका हुन ।
त्यस्तै, नगर सचिवमा हंशधर राजवंशी, सहसचिवमा चूडामणि दाहाल (राजु) र कोषाध्यक्षमा कल्पना राई चयन भएका छन् । नेतृत्व सर्वसम्मत बनाउने कसरत भएका कारण अधिवेशन तीन दिनसम्म चलेको थियो । अधिवेशनले ६५ सदस्यीय नगर समिति चयन गरेको छ ।

प्रतिकृया दिनुहोस्