News Portal

घुमुवा प्रहरी भन्दै रकम असुल्ने युवक पक्राउ

रातोपोस्ट संवाददाता
७६० पटक

मोरङ, १४ मंसिर । मोरङ प्रहरीको सादा पोसाकका (घुमुवा) प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने एक जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरले सादा पोसाकका प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने विराटनगर महानगरपालिका १२ का ३१ वर्षीय पुष्प राज चेम्जोङलाई पक्राउ गरेको हो ।

चेम्जुङले भारतको जोगवनीदेखि सामान खरिद गरेका आएका व्यापारीहरूलाई नक्कली प्रहरी बनेर सादा पोसाकका घुमुवा प्रहरी हु भन्दै व्यापारीहरूसँग रकम माग गरेको अवस्थामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका चेम्जोङले तस्करहरूसँग पनि रकम असुल्ने गरेको प्रहरीले जनाएको छ । उनी विराटनगरको रानी, मटेरुवालगायतको सीमा नाकाहरूमा बसेर व्यापारीहरूसँग रकम असुल्ने गरेको बुझिएको छ । अवैध रूपमा भारतदेखि भित्र्याएको सामानहरू ल्याउने क्यारिङ गर्नेहरूलाई चेम्जोङले चिनेका रहेछन् । उनीहरूलाई पनि आफू प्रहरी भएको भन्दै रकम असुली गरेको पाइएको छ,’ एक प्रहरीले भने । पक्राउ परेका चेम्जुङलाई प्रहरीले अभद्र व्यवहारको मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

प्रतिकृया दिनुहोस्