News Portal

विप्लव निकट भूमिहीन सुकुम्बासी संघ झापाको अध्यक्षमा मनाङ सुब्बा

रातोपोस्ट संवाददाता
७५६ पटक

झापा, १४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) निकट सुकुम्बासी संगठन अखिल नेपाल भूमिहीन सुकुम्बासी संघ झापाको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ।झापाको दमकमा सम्पन्न भएकाे कार्यक्रममा प्रमुख अतिथिको रूपमा पार्टीका केन्द्रीय सदस्य तथा अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष ओमप्रकाश पुनकाे प्रमुख आतिथ्यता रहेको थियोे भने विशेष अतिथि पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमन लिम्बू रहेका थिए।

त्यस्तै, अतिथिहरूमा पार्टीका झापा जिल्ला सचिव प्रशान्त थापा, जिल्ला कार्यालय सचिव सञ्जय राई लगायतको आतिथ्यता रहेको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् संगठनका अध्यक्ष पुनले देशैभरका भूमिहीन सुकुम्बासीहरू आफ्नो अधिकार प्राप्त गर्नका लागि एक भएर लड्नुपर्ने बताए । प्रमुख अतिथि पुनले दलाल संसदीय व्यवस्थाले यसकाे निकास नदिने र सुकुम्बासीका नाममा हुकुमबासीहरूले राज गरिरहेकाले अब सबै सुकुम्बासीहरू एक भएर लाग्नुपर्ने बताए ।

यो व्यवस्थामा पटकपटक सत्तामा पुगेकाहरूले सुकुम्बासी समस्याका नाममा आयोग बनाएर आफ्ना नेताकार्यकर्तालाई जागिर खुवाउने मात्रै काम गरेको स्पस्ट पार्दै नेता पुनले जनमतसंग्रह र बैज्ञानिक समाजवादी व्यवस्था प्राप्त भएपछि मात्रै यसको समस्या समाधान हुने उनले बताए । उक्त कार्यक्रमले यसअघिका जिल्ला अध्यक्ष झुलेन्द्र पाण्डेलाई ससम्मान बिदाई गर्दै मनाङ सुब्बाकाे नेतृत्वमा ९ सदस्यीय कमिटी गठन गरेको छ ।

प्रतिकृया दिनुहोस्