News Portal

मेचीनगरकी रोशा फुयाल सारेगम लिटिल च्यापियनको टप १२ मा

रातोपोस्ट संवाददाता
६१३ पटक

झापा, १४ मंसिर । नेपालको चर्चित रियालिटि सो सारेगम लिटिल च्यापियनमा उत्कृष्ट प्रस्तुति दिइरहेकी झापा मेचीनगर–८ की रोशा फुयाल उत्कृष्ट १२ मा पर्न सफल भएकी छिन् । सुमधुर आवाजको कारण अडिसनदेखि अब्बल प्रतिष्पर्धिको रुपमा परिचित रोशा यतिखेर टप १३ बाट १२ मा पुगेकी हुन । हरेक शुक्रवार र शनिवार ग्यालेक्सी फोरके टिभीबाट प्रशारण हुदै आएको यस गायन प्रतियोगितामा हाल रोशा भोटिङ राउण्डको चरणमा छिन् ।

जादुमय आवाजका कारण सर्वप्रिय बनेकी रोशालाई सारेगम लिटिल च्यापियन बन्न अब सबैको प्रेरणा हौसला र जनमतको खाँचो छ । त्यसैले, उनको समर्थनमा अहिले झापा सहित देशका विभिन्न स्थानबाट रोशाको समर्थन बढ्दै गईरहेको छ । हरेक शुक्रवार राति ९ बजेदेखि सोमवार अपराह्न १२ बजेसम्म हुने भोटिङ्गका लागि सबैसमक्ष रोशाले सहयोग समेत मागेकी छिन । प्रतियोगिताको नियम अनुसार ५० प्रतिशत गायकीको आधारमा निर्णायकको नम्बर र बाकी ५० प्रतिशत दर्शकको भोटिङ्गलाई आधार मानिने नियम रहेकोले रोशालाई सबैको भोटको जरुरी छ ।

सानैदेखि संगीतमा रुचि देखाएकी रोशाले मेची नगर तथा झापा जिल्लामा नै भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् । रोशालाई भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर SGMP स्पेस १३ टाईप गरी ३३००१ मा पठाउने पर्ने छ । अनलाईन भोट गर्नको लागि MOMO app डाउनलोड गरेर पनि भोट गर्न सकिने छ ।

प्रतिकृया दिनुहोस्