News Portal

खेलकुद महासंघ झापाको संयोजकमा राजु दर्नाल

रातोपोस्ट संवाददाता
७४१ पटक

झापा, १५ मंसिर । अखिल नेपाल खेलकूद महासंघ झापाको प्रथम जिल्ला भेला बिर्तामोडमा सम्पन्न भएको छ । भेलाले राजु दर्नालको संयोजकत्वमा ४९ सदस्यीय जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ ।

महासंघका केन्द्रीय सचिव हेम झापालीको अध्यक्षतामा बुधवार बिर्तामोडमा भएको भेलाले महासंघ झापाको सम्मेलन आयोजक कमिटी गठन गरेको हो । भेलामा प्रतिनिधिसभा सदस्य, पार्टीका प्रदेश नं. १ सह–इन्चार्ज तथा झापा इन्चार्ज धर्मशीला चापागाईको प्रमुख आतिथ्य रहेको थियो ।

त्यस्तै कार्यक्रममा महासंघका प्रदेश नं. १ खेलकुद क्याक्सन इन्चार्ज, राज आचार्य (अग्नि), पार्टीका प्रदेश कमिटी सदस्य ज्योतिसिंह दर्लामी, पार्टी जिल्ला सदस्य बासु दुला, पुष्प गुरागाई, योङ कम्युनिष्ट लिग (वाइसिएल) झापा अध्यक्ष दधिराम रिमाल, वाइसिएल प्रदेश नं.१ सदस्य प्रेम लुहागुन, अखिल (क्रान्तिकारी) झापा उपाध्यक्ष पूजा कँडेल, पार्टीका बिर्तामोड नगर इन्चार्ज युवराज दाहाल, पार्टी झापा सचिवालय सदस्य कुवेर श्रेष्ठ (अरुण)लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा स्वागत तथा सञ्चालन महासंघ झापा इन्चार्ज मदन खड्काले गरेका थिए । महासंघका झापा इन्चार्ज खड्काका अनुसार आगामी मंसिर ३० गतेसम्ममा पालिका, पुस १५ गतेसम्म जिल्ला र माघ १५ गतेसम्म प्रदेश सम्मेलन गरिने छ । सम्मेलन आयोजक कमिटीलाई महासंघ झापा इन्चार्ज खड्काले सपथ ग्रहणसमेत गराएका थिए ।

प्रतिकृया दिनुहोस्