News Portal

जन्मदिनकाे अवसरमा मिश्रद्वारा साना किसानकाे भवन निर्माणकाे लागि सहयोग

रातोपोस्ट संवाददाता
३०४ पटक

मेचीनगर, १६ मंसिर । धाइजन साना किसान सहकारी संस्थाको भवन निर्माणका लागि मेचीनगर-१२ सहरेडाँगी निवासी नेत्रप्रसाद मिश्रले आफनो जन्मोत्सवको अवसरमा २० हजार ५५५ रुपैयाँ सहयोग गरेका छन् । विचार चौतारी युवा क्लबका संस्थापक अध्यक्ष तथा कृषि विद्यार्थी मिश्रले बिहीबार धाइजन साना किसान सहकारी संस्थाका अध्यक्ष डम्बरबल्ब अधिकारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग प्रदान गर्दै मिश्रले जन्मदिनमा गरिने फजुल खर्चलाई कटौती गरी किसानहरुको भविष्य निर्माण गर्ने कृषकहरुको आफनै संस्थालाई केही सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए ।

मिश्र साना किसान सहकारीमार्फत दुई वर्षका लागि कृषिको अध्ययन गर्न केही समय अघि इजरायल गएका थिए । उक्त अवसरमा धाइजन साना किसान सहकारी संस्थाका अध्यक्ष अधिकारीले भवन निर्माणका लागि कृषि विद्यार्थी मिश्रले गरेको सहयोग प्रति आभार प्रकट गर्दै धन्यबाद ज्ञापन गरेका थिए ।

मिश्रद्वारा जन्मदिनमा साना किसानको भवन निर्माणका लागि सहयोग

प्रतिकृया दिनुहोस्