News Portal

झापाकाे सुनगाभा स्कूलका शिक्षकले गरे विद्यार्थीमाथि निर्घात कुटपिट

रातोपोस्ट संवाददाता
३३८ पटक

झापा, १६ मंसिर । झापाको बिर्तामोड–५ मा रहेको सुनगाभा इङ्गलिस स्कूलका शिक्षक विकास पोख्रेलले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । विद्यालयका शिक्षक पोखरेलले ३ कक्षामा अध्यनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई कुटपिट गरेका हुन् ।

पीडित विद्यार्थीले आफूलाई सोधेको कुरा नआउँदा शिक्षकले पिटेको बताए । अभिभावकले शिक्षकले माफी माग्नुपर्ने र कानूनी कारवाही भोग्नुपर्ने माग गरेका थिए । घटनाको पुष्टि गर्दै विद्यालयका प्रध्यानाध्यापक मिलन श्रेष्ठले विद्यार्थी कुट्ने शिक्षकलाई झापाका कुनै पनि विद्यालयमा पुन: रोजगार नमिल्ने गरी हटाइएको बताए। ‘शिक्षकबाट गल्ती भयो।

विद्यालय प्रशासनले घटना स्वीकार गर्दे प्याब्सन र एन प्याब्सन झापामा आवद्ध कुनै पनि विद्यालयमा रोजगारी नपाउने गरी अवकाश दिएका छौं,’ उनले भने। आफ्नो नानीलाई शिक्षकले कुटेपछिको चोट हेर्न नसकेको र आफ्नो मन पनि थाम्न नसकेको आमा अन्जना तिम्सिनाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्