News Portal

आज एकीकृत समाजबादीका अध्यक्ष झापा आउदैं

रातोपोस्ट संवाददाता
३०० पटक

झापा, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् ।

समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लासमेत रहेको झापामा पछिल्लो समय एकीकृत समाजबादीले आफ्नो गतिविधिलाई तिब्रता दिइरहेको छ । कम्युनिष्टको उर्भर भूमिको रुपमा रहेको झापामा एमालेसंग छुट्टिएर नयाँ पार्टी बनेको समाजबादीले पछिल्लो समय जिल्लासंगै पालिका स्तरिय कमिटि गठन तथा कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रमहरु धमाधम गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्