News Portal

विद्यार्थी कुटपिट गर्ने शिक्षकलाई कारबाही नगरे, विप्लव निकट विद्यार्थी संगठनले कारबाही गर्ने

रातोपोस्ट संवाददाता
४२७ पटक

झापा, २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी विप्लव निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) झापाले विर्तामोड ५ स्थित सुनगाभा बोर्डिङ स्कुलमा अध्ययनरत ९ वर्षीय बालकलाई शिक्षकले निर्घात कुटपिट गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष खगेन्द्र सिटौलाले एक प्रेस विज्ञप्ति जारी गर्दै ९ वर्षीय बालकमाथि कक्षा कोठाभित्र निर्घात कुटपिट भएको भन्दै उक्त घटना निन्दनीय र खेदजनक रहेको जनाएका छन् ।

उनले विद्यार्थी कुट्ने शिक्षक र विद्यालयलाई तत्काल कारबाही गर्न प्रशासनसँग जोडदार माग गर्दै प्रशासनले कारबाही नगरेको खण्डमा संगठन जस्तोसुकै चुनौती मोलेर भएपनि कारबाही गर्ने चेतावनी दिएका छन् । केही दिनअघि उक्त विद्यालयका शिक्षकले भनेको नमानेको र होमवर्क नगरेको भन्दै ९ वर्षीय बालक अविरल तिमल्सिनामाथि निर्घात कुटपिट गरेका थिए ।

प्रतिकृया दिनुहोस्