News Portal

वैवाहिक वर्षगाँठकाे उपल्क्षमा घिमिरेले गरे विपन्न मजदुर घरपरिवारकाे स्वास्थ्य बीमा

रातोपोस्ट संवाददाता
६४४ पटक

झापा, २२ मंसिर । मेचीनगरका सामाजिक अभियान्ता तथा माओवादी केन्द्र मेचीनगरका सचिव ज्ञानेन्द्र घिमिरेले मेचीनगर वडा नम्बर- ६ का विपन्न मजदुर घरपरिवारको स्वास्थ्य बीमा गरिदिएका छन् । मेचीनगरस्थित काँकरभिट्टा निवासी घिमिरेले वडाका ५ विपन्न मजदुर घरपरिवारको छनोट गरी उनीहरुको निशुल्क बीमा गरि दिएका हुन् ।

बीमा बापतको रकम १७ हजार ५ सय रुपैयाँ वडाका बीमाकर्ता मुना राईलाई हस्तान्तरण गरिएको छ । लामो समयदेखि काँकरभिट्टामा व्यवसाय गर्दै आएका घिमिरेले स्वास्थ्य, शिक्षा, कृषि खेलकुद क्षेत्रमा सहयोग गर्दै आएका छन् । बुधबार मेचीनगर–६ स्थित मेची बस्ती आयोजित एक भव्य कार्यक्रमकाबीच घिमिरेले गरिब परिवारको स्वास्थ्य क्षेत्रमा सहयोग गरेका हुन् ।

उनले यस किसिमका सामाजिक सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए । आफ्नो व्यवसायबाट भएको आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्ने प्रण गरेका घिमिरे बैबाहिक बर्षगाठंकाे २५ औं बर्षपुरा भइ २६ औं बर्ष पुगेकाे उपल्क्षमा मजदुरकाे उनले स्वास्थ्य बीमा गरेका हुन् ।

समाजसेवी घिमिरेले स्वास्थ्य जोखिम बढिरहेकाले आफ्नो वैवाहिक वर्षगाँठ गरिबदुःखीको स्वास्थ्य सेवामा समर्पित गरेको बताए । ‘रकम अभावका कारण कैयौँले स्वास्थ्य उपचार पाउन सकेका छैनन्,’ उनले भने– ‘स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले अभियान सुरुवात गरेको हुँ ।’ मेचीनगर ६ निवासी घिमिरेले २०५३ साल मंसिर २२ गते जलथलबाट लिलादेवी विमलीसँग विहे गरेका हुन् ।

सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बीमा गराएकाको उपचार निशुल्क गरिन्छ । बढीमा पाँच सदस्य परिवारको बीमा गराए वापत एक सदस्य बराबर ३ हजार ५ सय वार्षिक बुझाउनु पर्छ । उक्त रकम बुझाएवापत हरेक सदस्य बिरामी परे एक लाख बराबरको उपचार खर्च सरकारले व्यहोर्छ ।

नेकपा माओवादी केन्द्र मेचीनगर वडा नम्बर- ६ का अध्यक्ष मानबहादुर गिरिको अध्यक्षतामा भएको बीमा रकम हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्र प्रदेश १ का सदस्य तथा क्षेत्र नं.-१ का इन्चार्ज श्यामवीर लिम्बू (साैभाग्य) काे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा माओवादी केन्द्र झापाका जिल्ला सदस्य पुष्प गुरागाईं, मेचीनगरका अध्यक्ष राजन चिमरिया, नगर सहसचिव कृष्ण सिटाैला (काैशल), नेता डिल्ली शिवाकाेटी र वाइसियल मेचीनगरका सचिव राजु निराैलालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमकाे सञ्चालन अखिल नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष अध्यक्ष हरि निरौलाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्