News Portal

निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत

रातोपोस्ट संवाददाता
६०० पटक

झापा, २३ मंसिर । निर्माण व्यवसायी संघ झापाको अध्यक्षमा मिलन वस्नेत निर्वाचित भएका छन् ।निर्माण व्यवसायी संघ झापाको १४ औं साधारण सभा तथा अधिवेसनले वस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा रमेश अधिकारी ,द्वितिय उपाध्यक्षमा कुमारप्रसाद उप्रेती , तृतिय उपाध्यक्षमा कृष्णप्रसाद प्रसाईं, महासचिवमा पुष्पराज निरौला, सचिवमा योगेन्द्र खड्का,कोषाध्यक्षमा चन्द्र खत्री, सहकोषाध्यक्षमा सिताराम ढुंगेल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा राजकुमार राई, नविन वराल, रमेश सेढाईं, एंगल गुरुङ, प्रकाशकुमार सिंह, अनिल भट्टराई, गोपालबहादुर वस्नेत, गुणबहादुर अधिकारी, सुरेश भट्टराई र चिरनसेन थापा निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यमा भोलादेवी भट्टराई निर्वाचित भएको निर्माण व्यवसायी तथा साहित्यकार तुलसीप्रसाद भट्टराईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्