News Portal

झापाकाे बुद्धशान्तिबाट ब्राउन सुगरसहित ३ जना पक्राउ

रातोपोस्ट संवाददाता
५१६ पटक

झापा, २३ मंसिर । झापामा प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित फेरि तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् ।

बुद्धशान्ति- ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दीपक तामाङले कोठाभित्र ब्राउन सुगरको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुधवार खानतलासी गर्दा सङ्खुवासभा चैनपुर- ११ बस्ने ३० वर्षीय दीपक तामाङ, सोही ठाउँका २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम- ४ बस्ने १९ वर्षिया सङ्गीता तामाङलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

उनीहरू तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान भइरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी वसन्त पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्