News Portal

भोलि राजेश हमाल र प्रमोद खरेलसहितका कलाकार काँकडभिट्टा आउदैं

रातोपोस्ट संवाददाता
७२५ पटक

झापा, २३ मंसिर । पुर्वी नेपाल काँकडभिट्टाबाट सप्तरङ्ग–३ यात्रा सुरु हुने भएको छ । मङ्सिर २४ गते काँकडभिट्टाबाट कार्यक्रम सुरु हुने भएको हो । नेपालका सातै प्रदेशमा ‘सप्तरङ्ग–३’को आयोजना हुने सो कार्यक्रममा राष्ट्रिय स्तरका कलाकारहरू सहभागी हुँदैछ ।

गृष्मा ब्रोर्डकास्टिङको आयोजना मा हुने ‘सप्तरङ्ग–३’ ले सातै प्रदेशमा हजारौँ दर्शक माझमा सचेतना फैलाउने छ । ‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रस्टाउनु नै ‘सप्तरङ्ग’को मूल आशय स्वरूप आयोजना हुन लागेको हो । कार्यक्रममा राष्ट्रिय स्तरका कलाकार ले प्रस्तुति दिने आयोजक समिति प्रदेश न १ का कार्यक्रम संयोजक विकास घिमिरेले जानकारी दिए ।

पहिलो र दोस्रो संस्करण सम्पन्न भई सकेको कार्यक्रम तेस्रो पटक काँकडभिट्टामा हुन लागेको हो । २४ मङ्सिरदेखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरङ्ग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ । काँकडभिट्टा लगत्तै मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगन्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।,‘सप्तरङ्ग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकारहरू पूर्वी नेपालको काँकडभिट्टा आउने आउँदै छन् । काँकडभिट्टामा हजारौँ दर्शकहरूले सहभागिता जनाउने कार्यक्रम संयोजक घिमिरेले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्