News Portal

स्वरोजगार साकोस धुलाबारी सेवा केन्द्रको वार्षिक साधारण सभा सम्पन्न

रातोपोस्ट संवाददाता
३३३ पटक

धुलाबारी, २३ मंसिर । श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था धुलाबारी सेवा केन्द्रको १४ औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । धुलाबारीको उधोग बाणीज्य संघमा आयोजित सभाको उद्घाटन नेपाल सहकारी बैकका सञ्चालक दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।

प्रमुख अतिथि सापकोटा, विशिष्ट अतिथिहरु धुलाबारी खानेपानी सस्थाका महासचिव कन्चन तामाङ, जिल्ला लघु उधमी महासंघकी अध्यक्ष निर्मला चाैहान (भण्डारी) ले शुभकामना मन्तव्य राखेका थिए । सभामा ज्येष्ठ नागरीक, एकल महिला, एकल पुरुष, उत्कृष्ट बचत कर्ता, असल ऋणी र बाल वचत कर्ता विधाका ५० जनालाई सम्मान गरिएको थियो । साधारण सभामा संस्थाका केन्द्रीय अध्यक्ष केशब बस्नेतले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था धुलाबारी सेवा केन्द्रका अध्यक्ष सुरेन्द्र बुडाथोकीको सभापतित्वमा सम्पन्न कार्यक्रमकोे सञ्चालन संस्थाका केन्द्रीय सचिव मनोज भट्टराईले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य चन्द्रगढी सेवा केन्द्रका संयाेजक मदन कुमार पाेखरेकाे रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्