News Portal

काकरभिट्टा क्याम्पसमा बिद्यार्थीद्वारा यातायातकाे माग गर्दै ज्ञापनपत्र

रातोपोस्ट संवाददाता
१०२८ पटक

झापा, २४ मंसिर । झापाकाे मेचीनगरमा रहेकाे काकरभिट्टा बहुमुखी क्याम्पसमा बिद्यार्थीले यातायातकाे माग गर्दै क्याम्पस प्रमुख र व्यवस्थापनका अध्यक्ष कमल थापालाई ज्ञापनपत्र बुझाएका छन । बिहिबार बिद्यार्थी नेता सन्ताेष धमलालगायत विद्यार्थीहरुको टोलीले क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेती र व्यवस्थापनका अध्यक्ष थापा समक्ष ज्ञापनपत्र बुझाएको हो ।

क्याम्पसमा आउने बिद्यार्थीहरुको संख्या अत्याधिक मात्रामा भएकाले एउटा मात्र बसमा बिद्यार्थीहरु आउनलाई असहज भएकाे हुनाले अर्काे बसकाे व्यवस्था गर्न लागि माग गरेका हुन । बसकाे अभावले गर्दा बिघार्थीहरुमा समस्या भएकाे कारण बस व्यवस्थापनकाे माग गरेका छन ।

क्याम्पसमा एउटा मात्र बस भएकाे हुदा विद्यार्थीलाइ समस्या परेकाेले अर्काे बसकाे व्यवस्था गर्न माग गरेकाे बिद्यार्थी नेता धमलाले बताए । क्याम्पस प्रमुख र व्यवस्थापनका अध्यक्ष समक्ष ६७ जना बिद्यार्थीहरुको हस्ताक्षर ज्ञापनपत्रमा क्याम्पस प्रमुख उप्रेतीले अब केहि दिनमा बिद्यार्थीहरुको माग सुनुवाइ हुने बताए ।बिद्यार्थी धमलाले थप बसको ब्यवस्थापन भएमा विद्यार्थी संख्यामा समेत वृद्धि हुने उनको भनाइ छ । त्यस्तै, कलेजमा पठन पाठनमा समेत आधुनिकिकरण तर्फ जोडदिनुपर्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्