News Portal

विराटचाेकमा माओेवादी केन्द्र १ नम्बर प्रदेशकाे अधिवेशन सुरू

रातोपोस्ट संवाददाता
३९२ पटक

विराटनगर, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे प्रदेश १ को प्रथम अधिवेशन माेरङकाे विराटचाैकमा सुरू भएकाे छ । प्रदेशभरीका झण्डै १५ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन् । माओवादीले देशभरका ७ वटा भूगाेल प्रदेश समिति र २ वटा एशाेसियट प्रदेश समितिकाे अधिवेशन आज एकैदिन गर्न लागेकाे हाे ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ भने आगामी कार्यदिशाबारे बहस गर्दै निष्कर्ष निकाल्ने साे पार्टीले जनाएकाे छ । प्रदेश १ समिति २५९ सदस्यीय हुनेछ भने उक्त समितिले पदाधिकारी चयन गर्नेछ । प्रदेश १ माओेवादीकाे अध्यक्षका लागि सुरेशकुमार राई (हिमाल), हेमराज भण्डारी र ईन्द्रबहादुर आङ्बाेलगायतले आकांक्षा राखेकाे जनाईएकाे छ ।

प्रदेश अधिवेशनबाट पार्टीको विधान अनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् । पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशन दुईदिनसम्म चल्ने जनाईएकाे छ ।

प्रतिकृया दिनुहोस्