News Portal

शेखर कोइरालाले सभापतिमा उम्मेदवारी दर्ता गरे

रातोपोस्ट संवाददाता
४१७ पटक

काठमाडौँ, २५ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापतिका लागि डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । वर्तमान केन्द्रीय सदस्य रहेका कोइराला संस्थापन इतर समूहका उम्मेदवार हुन् । उनले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

डा.शेखर नेपाली कांग्रेसका संस्थापक कोइराला परिवारका सदस्य हुन् । उनी नोना कोइरालाका छोरा हुन् । लामो समय चिकित्सक रहेका कोइराला शान्ति प्रक्रियामा तत्कालीन कांग्रेस सभापति गिरिजा प्रसाद कोइरालाले विश्वास गरेका पात्र हुन् । उनी त्यसपछि नै कांग्रेसको राजनीतिमा सक्रिया भएका थिए ।

कोइरालाले उपसभापति पदका लागि धनराज गुरुङ र चन्द्र भण्डारीलाई तयार गरेका छन् । यस्तै महामन्त्रीमा गगन थापा र मीनेन्द्र रिजालले उम्मेदवारी दिने तयारी भएको छ । सहमहामन्त्री देवराज चालिसे, बद्री पाण्डे, जीवन परियार, विकास लामा, कमला पन्त रामृष्ण यादव तेजुलाल चौधरी र वकिल मियाँ उम्मेदवार बन्ने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्