News Portal

प्रेस क्लब मेचीनगरको पुस १७ गते साधारण सभा हुने

रातोपोस्ट संवाददाता
५०६ पटक

मेचीनगर, २५ मंसिर । प्रेस क्लब मेचीनगरले आफ्नो सातौं वार्षिक साधारण सभा आगामी पुस १७ गते शनिबार गर्ने भएको छ । शनिबार बसेको सचिवालयको सातौं बैठकले पुस १७ गते शनिबार वार्षिक साधारण सभा गर्ने निर्णय गरिएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले जानकारी दिए ।

सभालाई मेचीनगर भित्र रहेको पर्यटकीय स्थलमा गर्ने गरिको तयारी गरिएको अध्यक्ष उप्रेतीले बताए । क्लबको कार्यालयमा सम्पन्न बैठकमा क्लबका गतिविधिलाई थप सक्रियताका साथअघि बढाउने समेत निर्णय भएको अध्यक्ष उप्रेतीले बताए । बैठकले साधारण सभालाई व्यवस्थित ढंगमा सम्पन्न गर्ने कार्यमा सहयोग पुर्याउन आफ्ना सबै सदस्यहरुलाई आग्रह गरेको क्लबका सचिव जीआर धितालले जानकारी दिए ।

धितालले मेचीनगरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका तथा क्लबको विधानले तोकेको मापदण्ड पुरा गरेका सबै सञ्चारकर्मीहरुमा सदस्यता नवीकरण एवम् नयाँ सदस्यता लिन आह्वान गरिएको बताए । क्लबले मेचीनगरका सञ्चारकर्मीहरुको हितमा विभिन्न गतिविधि तथा अभियान सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्