News Portal

त्रिदेव क्याम्पसमा २ दिने उद्घोषण तालिम सम्पन्न

रातोपोस्ट संवाददाता
५१६ पटक

झापा, २६ मंसिर । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटीको आयोजनामा २ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएकाे छ । अनेरास्ववियु त्रिदेव क्याम्पस कमिटी चारआलीको आयोजनामा मेचीनगर १३ मा रहेको त्रिदेव क्याम्पसमा २ दिने उद्घोषण तथा माइन्युट लेखन तालिम आज सम्पन्न भएको हो ।

मंसिर २४ र २५ गतेसम्म सञ्चालन भएकाे तालिममा सन्तोष आचार्य र गोविन्द न्यौपानेले सहजीकरण गरेका थिए ।

तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण लगायतको विषयमा प्रशिक्षण दिएकाे थियाे । समापन कार्यक्रममा त्रिदेव क्याम्पसका व्यवस्थापक अध्यक्ष हरिप्रसाद घिमिरे, विद्यार्थी नेता आशिष पौडेललगायतकाे उपस्थित रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्