News Portal

पदाधिकारी चयन नगरी सकियो प्रदेश १ मा माओवादी केन्द्रको सम्मेलन

रातोपोस्ट संवाददाता
५०४ पटक

मोरङ, २७ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश १ मा अध्यक्षका आकांक्षी धेरै भएपछि प्रदेश समिति मात्र चयन गरेर प्रदेश सम्मेलन सकिएको छ। मोरङको विराटचोकमा २५ , २६ र २७ चैतमा सम्पन्न प्रदेश १ को प्रथम अधिवेशनमा पदाधिकारीमा एक मत हुन नसक्दा पदाधिकारी चयनबिनै अधिवेशन सकिएको हो।

२५ र २६ मंसिरमा सम्पन्न हुने भनिएको अधिवेशन पदाधिकारीहरूको आकांक्षाले गर्दा २७ मंसिर दिनभरि लम्बिएको थियो। २७ मंसिरमा अधिवेशनले सर्वसम्मत रूपले २ सय ५१ जना प्रदेश समिति र ७६ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ। तर आकांक्षीहरू धेरै भएपछि पदाधिकारी भने टुंगो लगाउन सकेन।

प्रदेश १ मा माओवादी केन्द्रको अध्यक्षमा उदययपुरका सुरेश राई, पाँचथरका ईन्द्रबहादुर आङ्बो र धनकुटाका हेमराज भण्डारी आकांक्षी छन्। प्रदेश १ का इन्चार्ज रामकार्कीका अनुसार २९ मंसिरमा विराटनगरमा बस्ने प्रदेश कार्यसमितिको बैठकले पदाधिकारी चयन गर्नेछ। नयाँ विधानअनुसार पहिले कार्यसमित चयन हुन्छ। कार्यसमितिले पदाधिकारी चयन गर्छ। सर्वसम्मत हुन नसकेमा निर्वाचन गर्ने प्रावधान छ ।

प्रतिकृया दिनुहोस्