News Portal

स्वरोजगार साकाेसकाे वाषिक साधारणा सभामा विभिन्न व्यक्तिहरु सम्मानित

रातोपोस्ट संवाददाता
३४५ पटक

झापा, २७ मंसिर । श्री स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था खदुनाबारीले आफ्नो १४ औ वाषिक साधारणासभा सम्पन्न गरेको छ । संस्थाले आज सोमबार कैदले सामुदायिक वनको हलमा आफ्नो बार्षिक साधारणसभा गरेको हो । संस्थाले जेष्ठ नागरिक, असल बचत कर्ता, असल ऋणी, बाल बचत, एकल पुरूष र एकल महिलालाई नगत सहित कार्यक्रम प्रमुख अथिति अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले दोसल्ला ओढाएर सम्मान पत्रद्धारा सम्मान गरेका थिए ।

संस्थाको खदुनाबारी सेवा केन्द्रमा १६ सय २६ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ । संस्थाको शेयर तर्फ ३० लाख २० हजार , बचत १ करोड २१ लाख र ऋण लगानि २ करोड ८७ लाख गरेको जनाइएको छ । संस्थाले यस शाखाबाट मात्र १३ लाख २२ हजार नाफा गरेको जनाइएको छ ।

संस्थाको खुदुनाबारी शाखाका अध्यक्ष होम दुलालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा २ नम्बर वडा सदस्य दिलमाया दास, जनता माविका प्रधानध्यापक जयप्रसाद भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । संस्थाका अध्यक्ष केशव वस्नेतले बार्षिक प्रगति विवरण प्रस्तुत गरेको कार्यक्रममा स्वागत शनिश्चरे शाखाका अध्यक्ष भोला परियारले गरेका थिए । कार्यक्रमको संञ्चालन संस्थाका सचिव मनोज भटराईले गरेको थिए ।

प्रतिकृया दिनुहोस्