News Portal

ट्याक्टर दुर्घटना हुँदा इलाममा १ जनाको मृत्यु

रातोपोस्ट संवाददाता
३१५ पटक

इलाम, २८ मंसिर । इलामको माईजोगमाई गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं ४ गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ५४ वर्षीय पुर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो। पराल बोकेर हिडेको ट्यारक्टरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।

उनको शवलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टको लागि इलाम अस्पताल ल्याइएको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

त्यसैगरी सूर्योदय नगरपालिका–६ तारगाउँमा ट्याक्टर दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। हर्कटेबाट रम्भ्याङ तर्फ जाँदै गरेको मे १ त ७९८९ नम्बर ट्याक्टर भिरबाट खस्दा ट्याक्रटमा सवार होमबहादुर भुजेल, भिम बहादुर खड्का र ठाकुर भुजेल घाइते भएका छन्। करिब ४ घण्टाको स्थानीय र प्रहरीको प्रयास पनि ट्याक्टरमा चेपिएका उनीहरुको उद्धार गरि उपचारका लागि पठाइएको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्