News Portal

काँकरभिट्टाबाट नक्कली पीसीआर रिपोट बनाउने पक्राउ

रातोपोस्ट संवाददाता
८१७ पटक

झापा, २९ मंसिर । झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तामाङलाई मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सो ट्राभल्समा नक्कली पीसीआर रिपोट बनाउने गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले तामाङको ट्राभल्सबाट एसर कम्पनीको २ थान ल्यापटप, इप्सन कम्पनीको १ थान प्रिन्टर अनुसन्धानका लागि बरामत गरेको छ । प्रहरीले सो सामग्रीमार्फत इमेल जाँच गर्दा मेची अस्पताल, विएण्डसी लगायतका अस्पतालहरुको लेटर प्याड स्क्यान गरि राखेको पाइएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । सोही जाँचका क्रममा पीसीआर नेगेटिभ भएका रिपोर्ट समेत सुरक्षित राखिएको प्रवक्ता पाठकको भनाई छ ।

नेपालको निशास छाप एवम् अन्य सरकारी तथा गैर सरकारी संस्थाका छापहरु डिजिटल स्क्यान गरि राखिएको प्रहरीले अनुसनधानका क्रममा फेला पारको छ । प्रहरीले बरामत गरिएको ल्यापटपबाट अर्थ मन्त्रालय, राजश्व कार्यालय भद्रपुर, इण्डिगोका छापहरु र विभिन्न अस्पतालका डाक्टरहरुको हस्ताक्षर भेटिएको प्रहरीको भनाई छ । प्रहरीले मेची अस्पतालको कोटिहोम पीसीआर ल्यावको रिपोट परीक्षण गर्दा किर्ते गरेको पुष्टि भएपछि झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको प्रवक्ता पाठकले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्