News Portal

ट्रकको ठक्करबाट झापामा पैदल यात्रुको मृत्यु

रातोपोस्ट संवाददाता
३१० पटक

झापा, ६ पुस । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुने शिवसताक्षी–१० का ४० वर्षीय यामनाथ राय हुन । प्रहरीका अनुसार सोमबार राति ८ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका-१ मा मे १ ख १९५२ नम्बरको ट्रकले सडकमा हिँडिरहेका रायलाई ठक्कर दिएको थियो। घाइते रायको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न ट्रक र चालक इलामको सन्दकपुर–३ का रोशन लिम्बुलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्