News Portal

भब्य स्वागत, गृहजिल्ला आइपुगे विश्वप्रकाश

रातोपोस्ट संवाददाता
३९६ पटक

झापा, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा महाधिवेशबाट महामन्त्री पदमा निर्वाचित भएपछि आज पहिलोपल्ट झापा आइपुगेका छन् । चन्द्रगढी विमानस्थलमा आउँदा कार्यकर्ताहरुले उनको भब्य स्वागत गरेका छन् ।

झापा आइपुगेपछि उनले सबैभन्दा पहिले मेची क्याम्पस पुगेर सहिद राम थापाको सालिकमा श्रद्धाअर्पण गरे । त्यसपछि चन्द्रगढीमा रहेको महामानव वीपी कोइरालाको सालिकमा पनि उनले माल्यार्पण गरे ।

त्यहाँबाट उनी सिधै विर्तामोड गएका छन् । विर्तामोडको अग्रसेन भवनमा उनले स्वागत तथा सम्मान कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्