News Portal

झापाको दमकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

रातोपोस्ट संवाददाता
४२७ पटक

झापा, ७ पुस । झापाको दमकमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का २१ वर्षीय निर्मल खवास रहेका छन् ।

मङ्गलवार राती साढे ९ बजे दमक नगरपालिका–४ मा बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्‍याएको थियो । उनको उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो ।

गाडी तथा चालक धनकुटा नगरपालिका–१० का २७ वर्षीय प्रेम कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ

प्रतिकृया दिनुहोस्