News Portal

काँकडभिट्टामा सशस्त्र प्रहरीद्वारा लागु औषध र भारतीय रुपैयाँसहित पाँच जना पक्राउ

रातोपोस्ट संवाददाता
३४८ पटक

झापा, ७ पुस । सशस्त्र प्रहरीले दशगजाबाट लागु औषध र भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर- १० बस्ने २६ वर्षीय अनुप राजवंशी, सोही ठाउँका २५ वर्षीय राजा उराव, पाँचथरको फिदिम-१ चौतारेडाँडा घर भई हाल बिर्तामोड बस्ने २७ वर्षीय सरोज लावती, २४ वर्षीय विवश खवास र २१ वर्षीय वीरबहादुर राई रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डिएसपी प्रेमबहादुर भण्डारीले जानकारी दिए ।

भारतबाट नेपालतर्फ आइरहेका उनीहरूलाई बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्रको टोलीले मेचीनगर- ६ कालीमन्दिरस्थित नेपाल भारत सीमा पिलर ८८-७ नजिकैबाट बुधवार दिउँसो ३ बजे पक्राउ गरेको हो । सशस्त्र प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित औषधि अल्प्राजोलम पाज़ ६३ चक्की, ९४ हजार ८६० भारतीय रुपैयाँ, ४ सय ३० नेपाली रुपैयाँ र एउटा मोबाइल बरामद गरिएको डिएसपी भण्डारीले बताए ।

पक्राउ परेका पाँच जनालाई लागु औषध र नगदसहित आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टा राखिएको छ ।

प्रतिकृया दिनुहोस्