News Portal

ट्राफिक सप्ताह : काँकरभिट्टामा मजदुरको आँखा परिक्षण

रातोपोस्ट संवाददाता
४८९ पटक

झापा, ९ पुस । झापाको काँकरभिट्टामा यातायात क्षेत्रमा कार्यरत मजदुरहरुको आँखा परिक्षण गरिएको छ । गत पौष ४ गतेबाट शुरु भएको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आज काँकरभिट्टामा यातायात मजदुरहरुको आँखा परिक्षण गरिएको हो ।

यातायात क्षेत्रमा रहेका मजदुरहरुले निशुल्क आँखा परिक्षण गरेका छन् । ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाका प्रमुख यज्ञराज शर्माका अनुसार ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत यसअघि पनि विभिन्न कार्यक्रम आयोजना गरिएको थियो । ट्राफिक नियमका विषयमा सचेतना देखि सडकमा भएका खाल्डाखुल्डी पुर्ने र ट्राफिक सङ्केत बोर्डलगायतका कार्यक्रम यसअघि नै गरिसकेको उनले बताए ।

मेचीनगर ६ का वडाअध्यक्ष ललित बहादुर तामाङको अध्यक्षतामा सम्पन्न आँखा परिक्षण कार्यक्रममा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरिक्षक सुनिल दाहाल, जिल्ला ट्राफिक प्रहरी प्रमुख निशेष चापाँगाई, मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाका प्रतिनिधि लगायत स्थानीय संघसंस्थाका पदाधिकारीहरुको उपस्थिती रहेका थिए । ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत आयोजना भएको कार्यक्रममा आँखा परिक्षणका लागि मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाको प्राविधिक सहयोग गरेकाे थियो ।

प्रतिकृया दिनुहोस्