News Portal

झापामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

रातोपोस्ट संवाददाता
६५१ पटक

झापा, १० पुस । झापाको कचनकवल गाउँपालिका–२ स्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी आज एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मृत्यु हुनेमा सोही गाउँपालिका- ४ का ४० वर्षीय शेषलाल राजवंशी रहेका छन् भने घाइते हुनेमा सोही वडाका २७ वर्षीय शिवलाल माझी र ४४ वर्षीय सजन राजवंशी रहेका छन् ।

घाइते दुवैको ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ । मे ४ प ९५०० नम्बर र डब्लू वी ७४ पी ९७१७ नम्बरको मोटरसाइकल एकापसमा जुध्दा सो दुर्घटना भएको थियो । घटनाबारे जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्