News Portal

आइतबार माओवादीको केन्द्रीय समिति बैठक बस्ने

रातोपोस्ट संवाददाता
४३५ पटक

काठमाडौँ, १० पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक भोलि बस्ने भएको छ । आइतबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

आइतबारदेखि माओवादीको प्रथम राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ । प्रवक्ता महराले आइतबार अपराह्न १ बजे सम्मेलन सुरु हुने जानकारी दिए । सम्मेलनको तयारीस्वरुप शनिबार अपराह्न बसेको स्थायी समिति बैठकमा सहभागी हुने प्रतिनिधिका सम्बन्धमा छलफल भएको उनले बताए ।

प्रतिकृया दिनुहोस्