News Portal

जनप्रगतिशील मोर्चा कतारको अध्यक्षमा रविन पुन चयन

रातोपोस्ट संवाददाता
५७८ पटक

काठमाडौँ, ११ पुस । नेपाली जनप्रगतिशील मोर्चा कतारको आठौं अधिवेशन “ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्तिमा प्रवासी नेपालीले याेगदान गरौँ ! जनमत संग्रहमार्फत वैज्ञानिक समाजवादकाे लागि मोर्चाकाे आठौं अधिवेशन सफल पारौँ !” भन्ने नारासहित सम्पन्न भएको छ । सो अधिवेशनले अध्यक्षमा रविन पुनलाई चयन गरेकाे छ । गत २४ डिसेम्बरमा कतारको राजधानी दुहामा भएको आठौं अधिवेशनले पुनकाे अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्माण समेत गरेका छ । अधिवेशनबाट उपाध्यक्षमा भवानी कडेल चयन भएका छन भने महासचिवमा मनोज शाह चयन भएका छन ।

त्यसैगरी सचिवमा बिष्णु ज्ञवाली र कोषाध्यक्षमा सन्तोष बर्देवा चयन भएका हुन । अधिवेशनबाट सदस्यहरुमा कमल खड्का, कमल पुन, अनन्त घर्ती क्षेत्री, रमेश श्रेष्ठ, कामना श्रेष्ठ, गोपाल गिरी, सन्देश के सी, महेन्द्र परियार, कृष्ण थापा, लक्षमण बग्दास, देव बहादुर भर, सुवन्ता पौडेल, राजु बि. क., रोशन गिरि, सरिता डाँगी, चन्द्रकुमारी राजवंशी, नम्रता बुढाथोकी, दुर्गा देवी अधिकारीलाई चयन गरिएकाे हाे ।

भर्चुयल माध्यमबाट भएको उक्त सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बांस्तोलाले गरेका थिए । कार्यक्रममा विशेष अतिथीका रुपमा स्कुलिड विमाग प्रमुख भेषराज भुसाल, विदेश विभाग सचिव खगेन्द्र केसीकाे आतिथ्यता रहेकाे थियाे । अधिवेशनले रेशम पौडेलको संयोजकमा ५ सदस्य सल्लाहकार समिति निर्माण गरेको छ । जसको सदस्यहरुमा श्रीकृष्ण भट्टराई, जय किशोर पोद्दार, जमुना श्रेष्ठ र राजेन्द्र लिम्बू रहेका छन । रविन पुनले सञ्चानल गरेकाे कार्यक्रममा सभापति जमुना श्रेष्ठले गरेकी थिइन ।

प्रतिकृया दिनुहोस्