News Portal

एनडिएफ झापाको संयोजकमा सुमनशंकर चयन

रातोपोस्ट संवाददाता
६२७ पटक

झापा, ११ पुस । जातीय विभेद तथा उत्पीडिन विरुद्ध समतामूलक समाज निर्माणका लागि अन्तिम संघर्ष (एनडिएफ) ले संगठन बिस्तारलाई तिब्र पारेकोे छ । राष्ट्रिय दलित मञ्च (एनडिएफ) ले झापाको बिर्तामोडमा सुमनशंकर बिकको संयोजकत्वमा ५५ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरेको हो ।

समितिको सह– संयोजकमा भिम धमला, मोहन रसाइली, चन्द्रकला शिवा सचिवमा चन्द्र बर्देवा चयन भएका छन् । त्यस्तै सदस्यमा श्रीया गजमेर, लगन रसाइली, गोपाल खाती, मणि बर्देवा, बुद्धिमाया लकान्द्री र तुलसी विश्कर्मा चयन भएका छन् । अन्य सदस्य झापाका प्रत्येक पालिकालाई समेटेर पछि थप गरिने एनडीएफका केन्द्रीय सचिव जनक लुहागुनले जानकारी दिए ।

भेला आयोजक समितिका सयोजक लता बिश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका केन्द्रीय अध्यक्ष भिमकुमार लकान्द्रीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लकान्द्रीले अवको दलित आन्दोलन २१ औ शताब्दी सुहाउँदो तथा बैज्ञानिक किसिमको हुने पर्ने बताएका छन् । उनले सवै दलितको अपनत्व हुने खालको आन्दोलनको एनडिएफले अगुवाई गर्ने भएकाले सवै दलित समुदायलाई एकजुट हुन आग्रह गरे । सोही कार्यक्रममा अभियानका सह–संयोजक तथा नीति बिभाग प्रमुख गोपाल लकान्द्री बिक संगठनको आगामी कार्यदिशाका सन्दर्भमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि सल्लाहकार गोपाल लुहागुन, अभियानका सह–संयोजक तथा नीति बिभाग प्रमुख गोपाल लकान्द्री बि क, सह–संयोजक आशिष बर्देवा, संगठन बिभाग प्रमुख सूर्य गजमेर, आर्थिक बिभाग प्रमुख गोपाल लकान्द्री, सांस्कृतिक बिभाग प्रमुख बालकृष्ण गजमेर इस्लाम, केन्द्रीय सदस्य शर्मिला बि क, कृष्ण लकान्द्री, बुद्धशान्ति गाउँपालिकाका कार्यपालिका सदस्य रोहित तोलाङ्गीलगायतको शुभकामना मन्तव्य राखेका थिए । केन्द्रीय सह–संयोजक आशिष वर्देवाले स्वागत गरेको कार्यक्रमलाई केन्द्रीय सचिव जनक लुहागुन (दिपक) ले सञ्चालन गरेका थिए ।

प्रतिकृया दिनुहोस्