News Portal

राष्ट्रिय युवा संघ मेचीनगरमा समान्तर कमिटि गठन, अध्यक्षमा कृष्ण श्रेष्ठ

रातोपोस्ट संवाददाता
६८८ पटक

मेचीनगर, पुष ११ । राष्ट्रिय युवा संघ नेपालको मेचीनगर कमिटि गठनमा तिब्र बिवाद देखिएको छ । बिवादकै बिच युवा संघ मेचीनगरमा दुई वटा समान्तर कमिटि गठन भएका छन । नगर पार्टी नेतृत्व र युवा संघको नगर कार्यदलबीचमा नै बिवाद उत्पन्न भए पछि दुई वटा समानान्तर कमिटि गठन भएको राष्ट्रिय युवा संघ मेचीनगरका निवर्तमान अध्यक्ष सरोज मेहेराले जानकारी दिए ।

‘हामीले सहमतिमा कमिटि गठन गरौं भनेका थियौं,’ मेहेराले भने, ‘तर कार्यदलका केही सदस्य र पार्टी नेतृत्वले युवाहरुको भावना बिपरित जबरजस्ती कमिटि गठन गरेको थाहा पाएर युवाहरुको भेलाले कृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेका हौं ।’ युवा संघको कार्यदलले कमिटि गठन गर्ने प्रस्तावमा दुई जना सदस्यहरु राजु धिमाल र दुर्गा धमलाले असहमति जनाए पछि नगर पार्टी नेतृत्वले हस्तक्षेप गरेर मानबहादुर तामाङको नेतृत्वमा युवा संघ मेचीनगर कमिटि गठन गरे पछि विवाद बढेको निवर्तमान अध्यक्ष मेहेराले बताए ।

पुष १६ गते राष्ट्रिय युवा संघ मेचीनगरको कमिटि घोषणा गर्ने कार्यक्रम तय भएको भए पनि त्यस अघि नै पार्टी नेतृत्वको हस्तक्षेप गरेर कमिटि सार्वजनिक गरेका कारण युवाहरुको भेलाले तामाङ नेतृत्वको कमिटिलाई अमान्य भन्दै श्रेष्ठको नेतृत्वमा नयाँ कमिटि गठन गरेको मेहराले बताए । मानबहादुर तामाङको अध्यक्षता गठन भएको कमिटिको नै राष्ट्रिय युवा संघ मेचीनगरको आधिकारिक कमिटि भएको एमाले मेचीनगरका इन्चार्ज तथा निर्वाचन मण्डलका संयोजक देवकुमार राईले बताएका छन् ।

प्रतिकृया दिनुहोस्