News Portal

झापाकी फुयाल सारेगम लिटिल च्यापियनको टप ९ मा, भोट गरिदिन परिवारको आग्रह

रातोपोस्ट संवाददाता
६४४ पटक

झापा, १३ पुस । गीत–संगीत र कलाकारिताका क्षेत्रका लागि झापा आफैंमा उर्वर भूमि हो । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका धेरै श्रष्टा र सर्जक झापाले जन्माएको छ । यही भूमिमा जन्मिएका धेरै जनाले झापाको शिर उच्च राखेका छन् । नेपालको राष्ट्रिय राजनीतिमा होस् या संगीत र कलाकारिता क्षेत्रमा नै किन नहोस् झापालीले छुट्टै पहिचान बनाएका छन् । कलाकारिता क्षेत्रमा झापाका सीताराम कट्टेल (धुर्मुस) हुन् या गायन क्षेत्रका प्रमोद खरेल, प्रविशा अधिकारी नै किन नहुन् सबै नेपालीको जिब्रोमा सँधै झुण्डिरहने नाम हुन् । त्यसो त झापाले अन्य थुप्रै सांगीतिक क्षेत्रमा पनि चम्किला तारा समेत जन्माएको छ ।

भनिन्छ– ‘हर कोहीसँग छुट्टै कला हुन्छ, त्यसको पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ ।’ पछिल्लो समय स्थानीय तथा राष्ट्रियस्तरमा आयोजना गरिने विभिन्न ‘रियालिटी शो’ का कारण मानिसमा भएका अन्तरनिहीत प्रतिभा पहिचान गर्न सहज भएको छ । अझ बालबालिकाहरुका लागि मात्रै आयोजना गरिने ‘रियालिटी शो’ ले प्रतिभा पहिचानमा थप मद्दत पुगेको छ । त्यसको ज्वलन्त उदाहरण हुन्– नेपालकै ठूलो भनिएको अन्तर्राष्ट्रियस्तरको चर्चित रियालिटी गायन शो सारेगमप लिटिल च्याम्प्स नेपाल र ‘द भोइस किड्स नेपाल’ ।

यस्ता कार्यक्रमले नेपाली संगीत क्षेत्रमा नयाँ तरंग ल्याएको छ । यसले १६ बर्ष मुनिका बालबालिकाको गायन प्रतिभालाई प्रष्फुटन गर्ने मौका प्रदान गर्नुका साथै नेपाली गीत–संगीतको क्षेत्रमा नयाँ नयाँ कलाकार उत्पादनमा सघाउ पु¥याइरहेको छ ।

‘सारेगमप लिटिल च्याम्प्सको धमाकेदार प्रस्तुती दिदैं भोटिङ राउण्ड (टप ९) पुग्न सफल भईसकेकी झापाली चेली रोशा फुयालले अहिले सबैको ध्यान खिचेकी छिन् । सुरिलो स्वरकी धनी झापा मेचीनगर– ८ निवासी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो । उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभा संगै अहिले भोटको पनि आवश्यक रहेका हुँदा जिताउन भोट गरिदिन परिवारको आग्रह छ ।

मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान गठन भएको छ । जसमा काँग्रेसका मेचीनगर ८ का सभापति गिरीराज धमला सहसंयोजक र एमाले मेचीनगर ८ का अध्यक्ष बिष्णु भट्टराई सचिव रहनु भएको छ । समितिले रोशा फुयललाई प्रथम स्थानसम्म पुर्याउनका लागि मेचीनगरको इटाभट्टा चोकमा अभियानको सम्पर्क केन्द्र समेत स्थापना गरेको छ । जसबाट फुयललाई भोट गर्न आम सर्बसाधारणलाई अपिल गरिनेछ ।

प्रतिकृया दिनुहोस्