News Portal

झापामा चित्र भर्सेज मूर्ति कला (हेर्नुस् तस्विरहरु)

रातोपोस्ट संवाददाता
१२७२ पटक

झापा, १५ पुस । पूर्वका ३० वढी कलाकार विहीवार एकै थलोमा जम्मा भए । चित्रकारहरुले चित्र कोरे अनि मूर्तिकारहरुले मूर्ति बनाए । झापाको कमल गाउँपालिकाको गोलसिमल भन्ने ठाउँमा भेला भएका उनीहरुले कलामार्फत आपसी भाइचारा र सौहाद्रतासंगै शिल्प पनि साटा साटे । आठ मूर्तिकारले आठ चित्रकारको मूर्ति बनाए । अनि चित्रकारहरुले उनीहरुको चित्र ।

फरक शैलीको कार्यक्रममा सहभागी बन्न पाउदा खुसी लागिरहेको छ’, झापा गरामनीका अग्रज चित्रकार युवराज रिजालले भने,‘यस्तो कार्यक्रम सम्भवत नेपालमै पहिलो पटक आयोजना भएको जस्तो लागेको छ ।’‘चित्रकला भर्सेज मूर्तिकला’ शीर्षकको यो कार्यक्रम सम्भवत पूर्वमै पहिलो पटक आयोजना गरिएको दावी कलाकारहरुको छ । कार्यक्रमको योजना तीन वर्ष अघि नै बनेको थियो । तर, कोभिडका कारण वल्ल जुरेको हो । गोलशिमल मूर्तिशालाका कलाकार भक्त मेवाहाङ राईले सुनाए,‘कोभिडका कारण योजना पछि धकेलिएको थियो वल्ल मौका मिल्यो ।’

कार्यक्रममा गोलशिमल मूर्तिशालासहित देहि आर्ट, उदयपुर मूर्ति कला केन्द्र, शशीकला ग्यालेरी, धरान मूर्तिकला घर आदि आधा दर्जन वढी कलासम्वद्ध संस्थाहरु सहभागी छन्। अमेरिकामा बस्ने उत्तम गजमेरको जोरशिमल ज्वलर्सको आर्थिक सहयोगले होस्टेमा हैसे थपेको छ ।

चित्रकारहरु युवराज रिजाल, बिगेन राई, छितेन शेर्पा, सविन मुखिया, रोशन सुब्बा, सुशील राई र रीना राई तथा मूर्तिकारहरु विजय श्रेष्ठ, भक्त मेवाहाङ राई, रामचन्द्र पण्डित, शशि किरण, दीप नारायण चौधरी, धिरज राई र दिलीप चौधरी सहभागी वनेका थिए । देहि आर्ट ग्यालेरीका कलाकार छितेन शेर्पाले थपे,‘ कलाकारहरुवीचको कलालाई एकापसमा आदानप्रदान गर्ने उद्देश्य कार्यक्रमको हो ।’

प्रतिकृया दिनुहोस्