News Portal

वीपी र पुष्पलालको शालिक शिलान्यास

रातोपोस्ट संवाददाता
५३८ पटक

झापा, १८ पुस । झापा मेचीनगर- ६ काँकडभिट्टास्थित पार्कभित्र वीपी र पुष्पलालको शालिक निर्माण शुरु भएको छ । जननायक वीपी कोइराला र नेपाली कम्युनिष्टका संस्थापक पुष्पलाल श्रेष्ठको नामको पार्कभित्र उनीहरुको शालिक समेत निर्माण गरिने भएको हो ।

प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, मेचीनगरका मेयर विमल आचार्य र वडा नम्वर ६का अध्यक्ष ललीतवहादुर तामाङले आइतवार संयुक्त रुपमा शिलान्यास गरे । ७ फुट अग्लो शालिक ७ लाखको लागतमा महिना दिनभित्र निर्माण गरिसकिने जनाइएको छ । भद्रकाली कला केन्द्र इटहरीका कलाकारहरुले शालिक निर्माण गर्ने छन्। कलाकेन्द्रका कलाकार कुमार चम्लागाईले एक महिनाभित्र शालिक ठड्याउने दावी गरे । शालिक स्थलमा भिन्न भिन्न रंगमा पानीको फोहोरा आउने फाउन्टेन पनि निर्माण गरिने छ ।

विगतमा वीवी–पुष्पलाल बाटिकाको रुपमा रहेको यो क्षेत्र लामो समयदेखि अलपत्र थियो । तर, युवा उद्यमी राम तामाङको अगुवाईमा फोहोरले भरिएको डाडा रमणीय पार्कको रुपमा विकास भइसकेको छ । प्रदेश र स्थानीय सरकारहरुको आर्थिक सहयोगमा पार्क निर्माण गरिएको निर्माण समितिका अध्यक्ष तामाङले जनाए । पार्कमा भव्य फूलवारीसंगै गुफा आकारमा प्रवेशद्धार निर्माण गरिएको छ ।

प्रतिकृया दिनुहोस्