News Portal

प्रेस चौतारी झापाको अध्यक्षमा गदाल र सचिवमा पाैडेल चयन

रातोपोस्ट संवाददाता
३८८ पटक

झापा, १९ पुस । प्रेस चौतारी झापाको अध्यक्षमा मनकुमार गदाल सर्वसम्मत चयन भएका छन् ।
गौरादह–५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाको नमुना पाहुना घरमा आज भएको अधिबेशनले चौतारीको झापा अध्यक्षमा गदाललाई सर्वसम्मत चयन गरेको हो ।

नयाँ कमिटीको उपाध्यक्षमा प्रदिप परियार र गंगा बराल, सचिवमा प्रकाश पौडेल, सहसचिवमा अच्युत सुवेदी र तिलक योञ्नन र कोषाध्यक्षमा सरोज चौलागाई चयन भएका छन् ।

सदस्यहरुमा खगेन्द्र घिमिरे, युवराज आचार्य, पुस्कर गुरगाई, भुमिराज पराजुली, राजु पोखरेल, मिना विश्वकर्मा, कुमार उप्रेती, राजु सन्तोषी थापा, सरोज भट्टराई, जिवन चुँडाल, लक्ष्मीप्रसाद अधिकारी, रुपा बुढाथोकी, रविता राउत, नन्दलाल खतिवडा लगायत छन् ।

प्रतिकृया दिनुहोस्