News Portal

अनेरास्ववियु झापाको अध्यक्षमा रोशन लामा चयन

रातोपोस्ट संवाददाता
३३२ पटक

झापा, २१ पुस ।अनेरास्ववियु झापाको २० औं झापा जिल्ला अधिवेशनले अध्यक्षमा रोशन लामालाई सर्वसम्मत चयन गरेको छ ।मंगलबार बिर्तामोडमा भएको अधिवेशनको बन्दशत्रले लामालाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा बलराम गिरी र लक्ष्मी गौली, सचिवमा नारायण पोखरेल, सहसचिवमा रचना अधिकारी, सरोज ढकाल, बालचन्द्र कार्की र इश्वर नेपाल,कोषाध्यक्षमा अनुजा शर्मा र कार्यालय सचिब सन्तोस धमला सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

३९ सदस्यीय कमिटी सर्वसम्मत भएको हो । नवनिर्वाचित कमिटीको सपथ ग्रहण सम्पन्न भएको अनेरास्ववियुका केन्द्रीय नेता मनोज ताम्लीले जानकारी दिनुभयो । अनेरास्ववियुको जिल्ला कमिटी सदस्यमा प्रविन पाठक, प्रदिप बस्नेत, विक्रम तिवारी, धर्मेन्द्र राजवंशी, चिरञ्जीवी खतिवडा, अनुप भण्डारी, उज्वल प्रसाई, श्रेया ढकाल, सन्दिप श्रेष्ठ, सन्तोष धमला, प्रदीप बर्देवा, रितेश गिरी, सविन आचार्य, निर बहादुर प्रधान, रविन गुप्ता, अरुण तिम्सिना, सुरज कोइराला, रोशन भुजेल, योगेश भण्डारी, क्षिति खड्का, सविन सिटौला, इन्द्र अधिकारी, पुजा सुवेदी, अनुजा शर्मा, संस्कृति रिजाल, विनिता न्यौपाने, सलिना गुरुङ, विधान राई, समिउल अलि रहनु भएको छ ।

अधिवेशनको उद्घाटन शत्रलाई एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नि खरेल, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष सुनिता बराल, प्रदेश सांसद् बसन्त बाँनिया, एमाले झापाका सचिवालय सदस्य एवम् अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य असारु राजवंशी, अनेरास्ववियुका सचिवालय सदस्य दिपेश दाहाल लगायतले सम्बोधन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्