News Portal

  • नेकपा इलामले सहिद स्मृती प्रतिक्षालय निर्माण गर्दै

    रातोपोस्ट संवाददाता
    १२५ पटक

    इलाम, २१ पुस । नेपाल कम्युनिस्ट पार्टी इलामले सहिद स्मृती प्रतिक्षालय निर्माण कार्य थालेको छ । सानो पार्क सहित उक्त प्रतिक्षालय बन्न लागेको हो । इलामकाे माइ नगरपालिकाको शितली बजारदेखि नजिकै चिया बारि शितल ताप्ने ठाउँमा प्रतिक्षालय निर्माण हुन लागेको हो ।

    युवा अभियानका अभियान्ता र पार्टिका नेता कार्यकर्ताहरुको संयुक्त श्रमदानमा निर्माण प्रारम्भ भएको प्रतिक्षालय पुर्ण रुपमा सम्पन्न हुँदासम्म श्रमदान सहित ४ लाख जति खर्च हुन सक्ने पार्टिका केन्द्रीय सदस्य तथा इलामका इन्चार्ज सुमनसिंहले बताए । यस निर्माण कार्यलाई पार्टिले आन्तरिक उत्पादन र सहयोगीहरुको सहयोगद्वारा सम्पन्न गर्ने सिंहले जानकारी दिएका छन ।

    प्रतिक्षालय निर्माण कार्यमा पार्टिका केन्द्रिय सदस्य सुमनसिंह, केन्द्रीय सल्लाहकार समितिका सदस्य होम खतिवडा, पार्टिका जिल्ला सेक्रेटरी मौसम, माइनगर पालिका इन्चार्ज अर्जुन गोतामे, जिल्ला सदस्य तथा सहिद परिवारका बिमल आचार्य , नारद साम्पाङ्ग, युवा अभियानका प्रमुख दिप लगायतको उपस्थिती रहेको थियो भने उपस्थित सबैले श्रमदान गरेका थिए ।

    प्रतिकृया दिनुहोस्