News Portal

स्व. सोमनाथ रेग्मी स्मृति अक्षयकोष स्थापना

रातोपोस्ट संवाददाता
३६९ पटक

झापा, २२ पुस । झापाकाे कमल गाउपालिका–२ स्थित कमला मदन–आश्रित स्मृति माध्यमिक विद्यालयमा स्थानीय शिक्षासेवी स्व. सोमनाथ रेग्मीको स्मृतिमा “स्व. सोमनाथ रेग्मी स्मृति अक्षयकोष–२०७८” स्थापना गरिएको छ । स्व.रेग्मीको वार्षिक पूण्यतिथिको अवसरमा विद्यालयमा आयोजित अक्षयकोष घोषण सभामा स्व.रेग्मीका परिवारका सदस्यद्धारा विद्यालयलाई पाच लाख ५५ हजार पाचसय ५५रुपैयाको चेक हस्तान्तरण गरिएको हो ।

आगामी शैक्षिक सत्रबाट सो कोषको वार्षिक व्याजबाट प्राप्त हुने ७० प्रतिशत रकम सोही विद्यालयको कक्षा १२ अध्ययन गरि वार्षिक परीक्षामा सर्वोत्कृष्ट हुने एक छात्रा र एक छात्रालाई नगद छात्रवृत्ति उपलव्ध गराइने छ ।

सो स्मृति कोष घोषणा सभामा स्व. रेग्मीका जेठा छोरा अर्जुनधारा नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव एवम कोषका संरक्षक तोयानाथ रेग्मीले सामान्य गरिव परिवारमा जन्मेर पनि शिक्षा प्रतिको लगाव र महत्व वुझि आफ्ना सन्तान पढाउनैपर्छ भन्ने भावनालाई कदर गर्दै चीरकालपर्यन्त जीवन्त राख्न, स्व. पिताजीप्रति कृतज्ञता ज्ञापन गर्दै शैक्षिक उन्नयनका लागि केही लगानी गरौं भन्ने भावनाबाट अभिप्रेरित भएर र पुराण तथा अन्य धार्मिक कार्यमा हुने खर्चलाई कटौति गर्दै क्रमशः शैक्षिक क्षेत्रमा लगानी अभिवृद्धि गरि समाज रुपान्तरण गर्ने सन्दैश प्रवाह गर्ने कोष स्थापनाको उद्धेश्य रहेको वताए ।

२०२८ सालदेखि कमल गापा-२ को क्याम्पा वजारमा स्थायी वसोवास गर्दै आएका रेग्मीको गतवर्ष पौष २९ गते निधन भएको थियो । कमल गाउपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विव्यस अध्यक्ष डिल्लीराम अधिकारीको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा राष्ट्रिय चिकित्सा आयोगका अधिकृत जानुका गुरागाई, पेशागत महासंघका देवराज कार्की, शिक्षा शाखा प्रमुख सर्यप्रसाद न्यौपाने,डम्वर देउजा, नारायणप्रसाद रेग्मी लगायतको आतिथ्य रहेको थियो । प्रधानाध्यापक हिमप्रसाद दाहालले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

प्रतिकृया दिनुहोस्