News Portal

काँकडभिट्टा नाकामा बढ्यो संक्रमणको जोखिम

रातोपोस्ट संवाददाता
५७५ पटक

झापा, २४ पुस । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भारतमा फैलिँदै गर्दा पूर्वी नाका काँकडभिट्टामा संक्रमणको जोखिम बढेको छ ।काँकडभिट्टा नाका भएर भित्रिनेहरुमा कोरोना संक्रमणको दर बढ्दै गएको हो । यसअघि सो नाका भएर भित्रिने एक जनामा संक्रमण पुष्टि भएकोमा बिहीबार एकैदिन ६ जनामा कोरोना संक्रमण भेटिएको छ ।

बिहीबारदेखि नाकामा कोरोना संक्रमणको जोखिम बढेको स्वास्थ्य कार्यालय झापाका भोला थापाले बताए । उनले भारत भएर नेपाल भित्रिने नेपालीमा संक्रमण फेरि बढेको जानकारी दिए ।नाकाबाट भित्रिने नेपालीहरुको एन्टीजेन टेष्ट गर्नका लागि काँकडभिट्टा नाकामा हेल्थ हेल्प डेस्क स्थापना गरिएको छ । विगतमा नाकाको हेल्थ डेस्कमा ज्वरो नाप्ने थर्मल गनमात्र हुन्थ्यो । तर, अहिले कोरोना परीक्षणको एन्टिजेन्ट किट, कोरोनाविरुद्धको खोपसहितको स्वास्थ्य सामग्री छन् ।७२ घण्टाभित्र पिसिआर परीक्षण गरेको र रिपोर्ट नेगेटिभ भएका गैरनागरिकलाई मात्र नाकाबाट प्रवेश गर्न दिइएको थापाले बताए ।

कोरोना खोप लगाएका नेपालीको हकमा एन्टीजेन टेष्ट गराएर मात्र प्रवेश गर्न दिइएको उनले जानकारी दिए ।अहिले नाकामा खोपको डोज पूरा गरेको कार्ड भएपछि सहज आवतजावत हुन्छ । जसका कारण नजिकका भारतीय बजार पानीट्यांकीलगायतका ठाउँ पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरुकै कारण नाकामा जोखिम पनि बढेको छ ।पानीट्यांकी लगायत क्षेत्र पुगेर दैनिक उपभोग्य सामग्री खरिद गर्नेको भीड हुन्छ । उनीहरुकै कारण नाकामा जोखिम पनि बढेको छ । दैनिक नाकामा एक हजार बढी नेपाल प्रवेश गर्छन् ।

तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनील दाहालले जानकारी दिए । ‘अस्पताल, विद्यार्थीको परीक्षा पहिलो प्राथमिकता हुन् । उनीहरू कमै आउँछन् । आएका पनि स्वास्थ्य मापदण्डसहित हुन्छन् । दैनिक उपभोग्य सामग्री ल्याउनेबाट खतरा छ ।’दैनिक नाकामा एक हजारभन्दा बढी नेपाल प्रवेश गर्छन् । तीमध्ये आधा दैनिक उपभोग्य सामग्री खरिद गरेर नेपाल फर्कने हुने गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल दाहालले जानकारी दिए ।यसैबीच झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । बिहीबार एकजनामा संक्रमण देखिएकोमा शुक्रबार ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चौलागाईले बताए ।

प्रतिकृया दिनुहोस्