News Portal

माओवादी नेता श्रेष्ठलाई कोरोना संक्रमण

रातोपोस्ट संवाददाता
३७५ पटक

काठमाडौं, २४ पुस । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। नेता श्रेष्ठले पीसीआर परीक्षण गर्दा आफूलाई संक्रमण देखिएकाले होम आइसोलेसनमा रहेको र कम्तिमा १४ दिन आइसोलेसनमा रहने बताएका छन्।

कोरोना पुष्टि भएसँगै सामाजिक सञ्जाल नेता श्रेष्ठले लेखेका छन्, ‘पीसीआर परीक्षणमा मलाई कोरोना संक्रमण देखिएकोले म होम आइसोलेसनमा छु।कम्तिमा १४ दिन आइसोलेसनमा नै रहनेछु ।हालसालै म संग प्रत्यक्ष सम्पर्कमा रहनुभएका सबैलाई आबश्यक सावधानी अपनाउन विनम्रतापुर्वक अनुरोध गर्दछु।’

पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएसँगै अध्यक्ष प्रचण्डले पनि भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको थियो । तर, उनी शुक्रबार सत्ता गठबन्धनको बैठकमा भने सहभागी भएका थिए।

प्रतिकृया दिनुहोस्