News Portal

टिपरकाे ठक्करबाट मेचीनगर ३ का मोटरसाइकमा सवार २ जना घाइते

रातोपोस्ट संवाददाता
६३५ पटक

झापा, २४ पुष । झापाको मेचीनगर २ स्थित भृकुटी बजार पूर्व भित्रि सडक खण्डमा आज विहान मे १ ख २८३५ नम्बरको टिपरले मे ४ प १६१८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

टिपरको ठक्करबाट घाइते मोटरसाइकल चालक मेचीनगर ३ का दिपक फुयाँल र पछाडी सवार अर्का एकजना महिला गरि दुवैजनालाई अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

उनिहरुको विर्तामोड स्थित बि एण्ड सि अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरीका प्रवक्ता बसन्त पाठकका अनुसार टिपर र टिपर चालकलाई भने ईलाका प्रहरी कार्यालय काँकरभिट्टाले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस्