News Portal

एमाले झापा अध्यक्षमा कार्की निर्विरोध

रातोपोस्ट संवाददाता
६१० पटक

झापा, २४ पुस । नेकपा एमाले झापाको अध्यक्षमा दीपक कार्की निर्विरोध निर्वाचित भएका छन् । संविधानसभा सदस्य कार्की यसअघि एमाले झापाको उपाध्यक्ष थिए । दशौँ जिल्ला अधिवेशनबाट कार्कीले एमाले अध्यक्ष केपीशर्मा ओलीको गृह जिल्ला झापामा पार्टीको भावी कार्यकालका लागि नेतृत्व गर्ने अवसर प्राप्त गरेका हुन् ।

झापाको पश्चिमी गौरादह नगरका बासिन्दा कार्की लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय छन् । अधिवेशनबाट अध्यक्षमा कार्कीसहित सबै पदाधिकारी सर्वसम्मत चुनिएका छन् । उपाध्यक्षमा प्रेम गिरी, सचिवमा शिव ढुंगेल, दुई उपसचिवमा असारु राजवंशी र चन्द्रा श्रेष्ठ निर्विरोध भएको जनाइएको छ ।

उपाध्यक्षमा उमेद्वारी दर्ता गरेका प्रदेश सांसद गोपाल बुढाथोकीले मनोनयन फिर्ता लिएपछि गिरीका लागि बाटो खुलेको हो । उपसचिवमा रेनुका डाँगीको नाम चर्चामा ल्याइए पनि मापदण्डमा नपरेका कारण उम्मेद्वार बन्ने उनको बाटो यो कार्यकालका लागि बन्द भएको छ । १५० सदस्यीय जिल्ला कमिटीमा चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् ।

प्रतिकृया दिनुहोस्