News Portal

धुलावारी जेसीजको अध्यक्षमा रबिन पाठक निर्वाचित

रातोपोस्ट संवाददाता
५५७ पटक

झापा, २४ पुस । धुलावारी जेसीजका लागि २०२२ को अध्यक्षमा रबिन पाठक निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको ४३ औँ बार्षिक साधारणसभाबाट पाठक अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षमा निश्चल पौडल र भवेश काफ्ले, उपाध्यक्षहरुमा मनिराज रसाइली, विजय गुप्ता, आशिष सराफ र उत्सव उप्रेती निर्विरोध निर्वाचित भएका निर्वाचन अधिकृत केशव पोखरलले बताए । यसैगरी, आजै सम्पन्न धुलावारी जुनियर जेसीजको अध्यक्षमा सचेत घिमिरे अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

जसको कार्यकारीणी उपाध्यक्षमा श्रेया खतिवडा, श्रजित ढुङ्गाना, उपाध्यक्षहरुमा राकेश शाह, विवश न्यौपाने, निरोशन ढकाल र सरोध धमला निर्वाचित भएका जुनियरका अध्यक्ष सैलेश गौतमले बताए । दुबै समितिको अन्य पदहरु भने पदहस्तान्तरणमा मनोनित गरिने पोखरेलले बताए ।

प्रतिकृया दिनुहोस्