News Portal

अनेरास्ववियु क्रान्तिकारी मेचीनगरकाे अध्यक्षमा रुवेन लम्साल चयन

रातोपोस्ट संवाददाता
६७३ पटक

झापा, २४ पुस । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी मेचीनगरको दोस्रो नगर सम्मेलनबाट अध्यक्षमा रुवेन लम्साल (सुसन) चयन भएका छन् । शनिबार मेचीनगरको धुलाबारीस्थित मेची उधाेग वाणिज्य संघकाे भवनमा भएको सम्मेलनबाट उपाध्यक्षमा प्रवेश काफ्ले, सचिवमा कशिस भण्डारी चयन भएका छन ।

त्यसैगरी, सहसचिवमा अन्जली राजवंशी, समीर श्रेष्ठ र मुना ढकाल चयन भएका छन । नगर सम्मेलनले कोषाध्यक्षमा आकृति वयलकोटी चयन भएकी छिन् । दोस्रो नगर सम्मेलनले ४५ सदस्यीय नगर कमिटी चयन गरेकाे छ । अनेरास्ववियु क्रान्तिकारी मेचीनगरका नगर अध्यक्ष अभिजित दवाडीकाे अध्यक्षता तथा माओवादी केन्द्र प्रदेश नं १ का सदस्य प्रकाश भण्डारीको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा उनले शिक्षा क्षेत्रमा रहेका विकृति बिराेध विद्यार्थी संगठनले धावा बाेल्नु पर्ने बताए । विद्यार्थी संगठन सडककाे बाघ भएकाे बताउदैं शैक्षिक क्षेत्रमा हुने खराब कुरा विराेध लाग्न विद्यार्थीहरुलाई निर्देश दिएका थिए ।

कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल सुबेदी, अनेरास्ववियु क्रान्तिकारीका झापा जिल्ला अध्यक्ष रञ्जन धमला, माओवादी केन्द्रका झापा जिल्ला सदस्य पनिता ढकाल, पुष्प गुरागाईं र राजु दाहाल, माओवादी केन्द्र मेचीागरका अध्यक्ष राजन चिमरीया, सचिव ज्ञानेन्द्र घिमिरे, सहसचिवमा कृष्ण कौशल सिटौला, वाइसीयल मेचीनगर अध्यक्ष विनोद मण्डललगायतले शुभकामना मन्तव्य राखेका थिए । भविस दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन कसेश भण्डारीकाे रहेका थियाे ।

प्रतिकृया दिनुहोस्