News Portal

काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक पक्राउ

रातोपोस्ट संवाददाता
३३८ पटक

झापा, २४ पुस । झापा प्रहरीले काँकडभिट्टाबाट ५० ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका-३ का २६ वर्षीय राकेश तामाङ छन्। शनिबार दिउँसो मेचीनगर-६ बाट उनलाई पक्राउ गरिएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको टोलीले तामाङलाई पक्राउ गरेको हो। उनको साथबाट ब्राउनसुगर फेला परेपछि हिरासतमा राखेर अनुसन्धान थालिएको भट्टराईले बताए।

प्रतिकृया दिनुहोस्