News Portal

पछिल्लो २४ घण्टामा १७१४ कोरोना संक्रमित थपिए, ९ को मृत्यु

रातोपोस्ट संवाददाता
२७८ पटक

काठमाडौ‌, २२ माघ । नेपालमा पछिल्लो २४ घण्टामा १७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार २२५ जनाको पीसीआर परीक्षणमा ११०३ र ३ हजार २८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ४७७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९३ दशमलब ३ रहेको छ ।

प्रतिकृया दिनुहोस्